चन्द्रगढी । 

झापाको चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको सभापतिमा कृष्ण सुबेदी निराकार सर्वसम्मत चयन भएका छन् । लेखनाथ पुस्तकालयको  आज (शनिबार) सम्पन्न ३८ औ बार्शिक साधरण सभाले निराकारलाई सभापतिमा चयन गरेको हो । 

आगामी २ बर्षे कार्यकालका लागि गठित कार्यसमिति उप सभापति खगिन्द्रा खुशी, सचिव हरिकिशोर आचार्य, सह–सचिव उषा गुरुङ र कोषाध्यक्ष गोबिन्द कोइराला रहेका छन् । 

सदस्यमा निर्मला बास्तोला दङ्गाल र जनार्दन उप्रेती सर्वसम्मत चयन भएका छन् । पुस्तकालयको ११ सदस्यीय कार्यसमितिमा चार जना सदस्य समितिको पहिलो बैठकले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ । 

पुस्तकालयको सोही साधरण सभाले सस्थाको जग्गाको चारकिला कायम गरी त्यसको सदुपयोग गर्न पूर्व सभापति नवराज घिमिरेको संयोजकत्वमा डिल्लीराम खतिवडा, दुर्गाप्रसाद भट्टराई, खगेन्द्र लम्साल, नीलमणि नेपाल, हिराप्रसाद पोखरेल र पुस्तकालय सभापति सदस्य रहेको जग्गा ब्यवस्थापन समिति गठन गरेको छ । 

प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि अधिकारी, साहित्यकार चूडामणि रेग्मी, सस्थापक सभापति डिल्लीराम खतिवडा र साहित्यकार चूडामणि बशिस्टले शुभकामना  मन्तब्य राखेका थिए । कार्यक्रममा कवि उमाकान्त पोखरेल, तीर्थ चापागाई, गोबिन्द कोइराला, प्रतिक नेपाल, निर्मला बास्तोला दङ्गाल, उषा गुरुङलगायतले कविता वाचन गरेका थिए । 

लेखनाथ पुस्तकालयका सभापति हरि न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत हरि किशोर आचार्य र सन्चालन गोपाल आचार्यले गरेका थिए ।