झापा । 

कोशी नाम खारेजीको मागसहित आन्दोलनमा उत्रिएको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसीर ३० र  पुस १ गते बन्दको घोषणा गरेको छ । 

पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको घोषणा गरेको हो  । यता उक्त अभियानमा कालोझण्डा देखाउँदै अवरोध खडा गर्न खोज्ने पहिचान पक्षधर ३४ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

संघर्ष समितिले मंसीर ३० र पुस १ गते फेदेन, हिल्लिहाङ, थर्पूदेखि चिवाभन्ञ्याङसम्म, मेची राजमार्ग (झापा चारालीदेखि ताप्लेजुङसम्म), तमोर करिडोर मूलघाटदेखि फेदेनसम्म अनिश्चितकालीन सडक बन्दको घोषणा गरिएको जनाएको छ । 

पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे प्रदेश व्यापी आम हड्ताल. गर्न बाध्य हुने समितिले चेतावनी दिएको छ । कोशी नामका पक्षमा हस्ताक्षर गर्ने ८२ प्रदेश

सांसदहरु र पहिचान विरोधी भन्दै केपी ओली, योगेश भट्टराई र महेश बस्नेतबिरुद्ध कालोझण्डा प्रदर्शन लगायतको कार्यक्रम जारी रहेको समितिले विज्ञप्तिमार्फत जनाएको छ । धनकुटाको महालक्ष्मी–५ लेगुवामा ओलीमाथि स्थानीय महेश राईले मुक्का प्रहार गरेको बताइएको छ ।