झापा ।
झापाको दमकबाट प्रतिबन्धित लागूऔषध र अट्टोसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई बिहीवार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. १ का ३५ बर्षिय प्रकाश श्रेष्ठ र अट्टोमा सवार सोही स्थानका २३ बर्षिय अर्जुन लिम्बु र उनकी श्रीमती २७ बर्षिया मनिषा लिम्बु रहेको छन् । उनीहरुसँगै अट्टो पनि नियन्त्रणमा लिइएको हो ।
दमक नगरपालिका वडा नम्बर ७ हनुमान मन्दिरस्थित पशुहाटबाट बेलडागी जाँदैं गरेको को १ ह ९७४५ नम्बरको अट्टोलाई चेकजाँच गर्दा अट्टोको डिकिमा लुकाई छिपाई राखेको ब्राउनसुगर ५१ ग्राम फेला परेको परेको थियो ।
ब्राउन सुगरसहित पक्राउ गरिएका तीनै जनासहित अट्टोलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।