झापा ।
झापाको गौरीगञ्ज गाउँपालिकामा आगलागी हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको छ । गौरीगञ्ज–४ चन्द्रवंशी टोलका अन्दाजी ५० बर्षिय जगदिश मेहताको खेतमा बुधबार साँझ ६ः४५ बजे आगलागी भएको हो ।
जम्मा गरेर राखिएको एक बिघा धानमा अचानक आगलागि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय खजुरगाछी प्रहरी टोली स्थानियबासी, नेपाल प्रहरी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा ७ः३० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ६० प्रतिशत परालसहितको धान जलेर नष्ट हुँदा एक लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । उक्त आगलागीबाट मानविय तथा अन्य कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।