बिर्तामोड ।
मानवअधिकार संजाल झापाले मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सवारी साधनमा गरीएको ढुङ्गा प्रहार र आदिवासी तथा जनजाती महासंघका अध्यक्ष पाण्डपलाल चौधरीको गिरफतारीको घटनाप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । सञ्जालले बुधवार (आज) प्रेस बिज्ञप्ति गर्दै उक्त घटनाले नागरिकको शान्तिपूर्ण ढङ्गले बाच्न पाउने अधिकार कुण्ठित भएको जनाएको छ ।
‘आदिवासी तथा जनजाती महासंघका अध्यक्ष चौधरी आफनो निवासमा बसिरहेको अवस्थामा पूर्व सूचना वा प्रहरीले उनलाई प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी नदिई राती करीब ९ बजे आवश्यकता भन्दा बढि प्रहरी बलसहित उनको आवसमा पुगेर मूल ढोकासहित अन्य ढोका समेत तोडफोड गरिएको घटनाले नागरिकको शान्तिपूर्ण ढङ्गले बाच्न पाउने अधिकार कुण्ठित भएको छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
प्रहरीले बल प्रयोग गर्दा कानुन सम्बाद ढङ्गले प्रयोग गर्न र नागरिकको कुनैपनि अधिकारमा असर पुग्ने कार्य नगर्न सम्बन्धित निकायको ध्यान आकर्षण बिज्ञप्तीमा मार्फत सञ्जाल झापाका अध्यक्ष डा.रुपकप्रसाद खनालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ ‘नागरिकले प्राप्त गरेका विरोध प्रदर्शन वा फरक विचार राख्न पाउने स्वतन्त्रताको उपभोग गर्दा हिंसा रहित शान्तिपूर्ण ढङ्गले आफना विचारहरु प्रस्तुत गर्न समेत आग्रह गर्दछौं ।’