झापा ।
झापाको दमक नगरपालिकामा जंगली हात्तीले एक घरमा क्षति पुर्याएको छ । गएराती अन्दाजी २ः०० बजेको समयमा दमक–३ स्थित गोलाटारमा दुई वटा जंगली हात्ती आएर घरमा क्षति गरेको हो ।
सोही स्थानका चन्द्रप्रसाद फुयलको टिनको छानो भएको २ तल्ले पक्की घरको उत्तर पट्टीको पर्खाल भत्काएर घर आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरमा अन्दाजी २० हजार रुपैयाँ बराबरको क्षेति भएको जनाइएको छ । अन्य मानविय क्षति नभएको हात्तीलाई स्थानिय बासी र प्रहरीको सहयोगमा बुधवार (आज) बिहान ५ः३० बजे जंगल तिर लखेटिएको प्रहरीले जनाएको छ ।