बिराटनगर। 

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश मोरङको बिराटनगर महानगरपालिका–१२ दरैया स्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेशनरी बितरण गरेको छ । 

प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरिएको हो ।

उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलालगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बराल तथा  प्रहरी कर्मचारीहरुको उपस्थितमा सम्पन्न भएको छ ।