झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थित राईसिङ पुल टोलमा आगलागी हुँदा एक लाख २० हजार रुपैयाँको क्षति भएको छ । राईसिङ पुल टोलका प्रकाश चौहानको टिनको छाना भएको दुई तले गाई गोठमा सोमवार (आज) बिहान अन्दाजी ९ः२० बजेको समयमा खोले पकाउने क्रममा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो । 

आगलागी भएको खवर प्राप्त भएकोसँगै प्रहरी चौकी बाहुनडाँगी प्रहरी टोली,  मेचीनगरको दमकल र स्थानियबासीहरुको सहयोगमा १०ः४५ बजे पूर्ण रुपमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

 उक्त आगलागीबाट टिन, काठपात आंशिक रुपमा र गाई गोठ माथि राखेको पराल पूर्ण रुपमा जलेर नष्ठ हुँदा १ लाख २० हजार वरावरको क्षति भएको जनाइएको छ । आगलागीबाट अन्य कुनै मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।