मेचीनगर । 

झापाको मेचीनगर नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ । नगरपालिकाको आयोजना तथा परिवर्तन थिएटर  काँकरभिट्टाका कलाकारहरुको प्रस्तुतीमा मेचीनगर १० स्थित धुलाबारी मोडमा लैंगिक हिंसा बिरुद्ध जनचेतनामुलक सडकनाटक प्रदर्शन गरिएको हो ।

नगरपालिकाले मंसिर ११ गतेदेखि नै विभिन्न कार्यक्रम गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पार्न लागि परिरहेको छ । नगरपालिकाले नेपालको सिमावर्ती शहर काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न नारा, प्लेकार्ड सहित र्यालि पश्चात् कोण सभा गरेर अभियान सुरू गरेको थियो ।

सामाजिक विकास संयोजक तथा कार्यापालिका सदस्य हृदय राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा मेचीनगर १० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।