बिराटनगर। 

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ ।

सिमावर्ती क्षेत्रहरुमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको  बिभिन्न प्रकारको रेडिमेड कपडा, खाद्यन्न, सुर्तिजन्य पदार्थ लगायतका सामानहरु बरामद गरेको हो ।

बरामद गरिएका करिव ५ लाख ८३ हजार रुपैयाँ बराबरको समान आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

फाइनल तस्वीर