मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प. १२६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उप–महानगरपालिका–१९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी–२ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो ।

प्रतिबन्धित औषधीसहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।