बिर्तामोड । 

झापाको बिर्तामोडमा मंसीर २६ गते नेपाली चलचित्र ‘सतीदेबी’ को प्रिमियर शो हुने भएको छ । चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको आयोजनामा आगामी मंसीर २६ गते मंगलबार बिर्तामोडको पाथिभरा सिने प्लाजा सिनेमा हलमा नेपाली चलचित्र ‘सतीदेवी’ को विशेष प्रदर्शनी हुने भएको हो । झापा चलचित्र पत्रकार संघ गठनसँगै नेपाली फिल्म प्रवर्धनका लागि कार्य अगाडी बढाएको हो । 

लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतिदेवी’ मा मुख्य पात्र मलिका महत रहेकी छिन् । चलचित्र सतीदेवी सामाजिक कथामा आधारित फिल्म हो । फिल्ममा बाबु छोरीबीचको स्नेहलाई देखाउन खोजिएको छ । फिल्मको लेखन, गीत, निर्माण निर्देशक लक्ष्मणले नै गरेका  छन् ।

मलिकासहित फिल्ममा हर्षिका वली, मञ्जिला बानियाँ (बाल कलाकार), सन्दीपबाबु लोहनी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, रमेश बुढाथोकी, सिर्जना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशीलगायत कलाकारले अभिनय गरेका छन् ।

बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा तारा थापा ‘किम्भे’ को सम्पादन, दीपक शर्मा र सुवास भुसालको संगीत छ । फिल्मका निर्माता दिलसा, सारा र श्रीदेवी सुवेदी हुन् । फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा बनेको छ ।