तेह्रथुम।
तेह्रथुमको आठराई गाउँपालिका–२ बाट बैंकिङ कसुर मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्धामा तेह्रथुम जिल्ला अदालतको मिति २०७९/०८/२६ गतेको फैसला आदेशले २ दिन कैद र नगद २ लाख रुपैयाँ जरिवाना तोकिएका स्थानीय ३९ बर्षीय शुसन चोङबाङ लिम्बुलाई ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आठराई–२ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई आइतबार तेह्रथुम जिल्ला अदालतमा दाखिला गराउने जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।