झापा । 

गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसर पारेर ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै आएकी ज्योतिले नियमित गीत संगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् ।

नेपालमा मात्र नभएर विश्वभर रहेका गुरुङ समुदायले हर्षोल्लाषका साथ तमु ल्होसार पर्व मनाउने गरेका छन् । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदान–प्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

तीलकबहादुर गुरुङ र आशा गुरुङको स्वर रहेको गीतमा सिम्पल गुरुङ, रमा लिम्बू लगायतको अभिनय छ । तीलक गुरुङले संगीतबद्ध गरेको गीत प्रभु गुरुङले निर्देशन गरेका हुन् ।

भिडियोमा महिला कलाकारहरु गुरूङ पहिरन शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिएका छन् भने पुरुष टोपी, भोटो, भाङ्ग्रो, कछाड पटुकीमा सजिएका छन् ।

भिडियो पनि :