मोरङ।
मोरङको बिराटनगर महानगरपालिका–७ मा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
हिजो दिउँसो २ बजे सातघुम्ती स्थित कवाडी पसलमा अचानक आगलागी हुँदा बिराटनगर–६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको छ ।
सुशिला पासवानको घटना स्थलमा नै मृत्यु भएको हो भने मण्डलको उपचारको लागि अस्पताल लैजाने क्रममा र सुनिता कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आगोमा परी घाईते भएका बिराटनगर–६ का ५८ बर्षीय किशोर पासवान, ६० बर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० बर्षीया पिङ्की कामतको किर्तिपुर स्थित वर्न अस्पतालमा उपचार भईरहेको छ ।
घाईतेहरुलाई नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि लगिएको हो भने उक्त आगो ६ वटा दमकल, स्थानिय बासी र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको र आगलागिबाट करिव ४० लाख बरावरको क्षेति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।