• रन्जित परियार 

बुट्टाबारी । 

स्वर सम्राट नारायण गोपालको ३३ औं स्मृति दिवसको अवसर पारेर झापाको बिर्तामोड नगरपालिस्थित चारपानेमा नारायण गोपाल स्मृति तथा गोपाल योञ्जन स्मरण कार्यक्रम सम्पन्न भएको छ ।

नाराणय गोपाल स्मृति दिवस र समिति तथा सरगम संगीतालय बिर्तामोडको आयोजनामा सम्पन्न भएको कार्यक्रममा दुई दर्जन भन्दाबढी कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा अग्रज श्रष्ठा गायक तथा संगीतकार एवम् साहित्य चौतारी बिर्तामोडका अध्यक्ष  हस्त परियारलाई अभिनन्दन गरिएको थियो । 

प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महत्तरा प्रसाईले श्रष्ठा परियारलाई अभिनन्दन पत्र प्रदान गगरेकी थिइन् । विशिष्ट आतिथि बरिष्ठ गीतकार शिवशंकर थापाले परियारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

सरगम संगीतालय बिर्तामोडका कलाकारहरुले स्वर सम्राट स्वर्गीय नारायण गोपाल र संगीत सम्राट स्वर्गीय गोपाल योञ्जनले सृजना गरेका गितसंगीत प्रस्तुत गरेको समितिका सचिव तथा सरगम संगीतालय बिर्तामोडका संचालक  दिपक रायमाझी जानकारी गराए।

समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा चारपानेको पर्शुराम पार्टी प्यालेसमा भएको कार्यक्रममा बरिष्ठ संगीत प्रशिक्षक कृष्ण योञ्जन, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका वडाध्यक्षहरु किशोर पौडेल, राहुल शर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपानेलगायतको आतिथ्य आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन सुनिता तामाङले गरेकी थिइन् ।