झापा ।
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मा अन्तरक्रिया भएको छ । राष्ट्रिय महिला आयोगको आयोजना तथा मेचीनगर नगरपालिकाको सहकार्यमा बुधवार (आज) लैङ्गिक हिंसा बिरुद्ध अन्तरक्रिया गरिएको हो ।
राष्ट्रिय महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाको अध्यक्षता तथा मेचीनगर नगरपालिको नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा अन्रक्रिया भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा निमित्त जिल्ला प्रमुख अधिकारी विश्वराज नेपालु, जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख दिपक भारती, सशस्त्र प्रहरी वल प्रस्तावित गुल्म काँकरभिट्टाका कार्यालय प्रमुख रोहित घिमिरे, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र स्थानियहरुको सहभागीता रहेको थियो ।