सुनसरी ।

सुनसरीको इटहरी उप–महानगरपालिका–२ शान्तझोडामा धारिलो हतियार प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ । सोमवार दिउँसो २ बजे स्थानीय ६५ बर्षीय मधुमाया पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अवस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले अचानक पछाडिबाट आई धारिलो हतियार खुकुरी टाउकोमा प्रहार गर्दा  गम्भीर घाईते भएकी थिइन् ।

घाइते पुरीलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा लगेर सामान्य उपचारपछि थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।