झापा ।
पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका एक जना प्रतिबादीलाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले फरार प्रतिवदाीलाई सोमवार पक्राउ गरेको हो ।
झापा अदालतको मिति २०७९/१२/२९ गतेको फैसला अनुसार पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा एक १ बर्ष कैद सजाय फैसला भई फरार रहेका प्रतिबादी झापा अर्जुनधारा नगरपालिका वडा नं.५ का ३० बर्षिय वीरु भन्ने बीरबहादुर दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपछि दनुवारलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि दनुवारलाई कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।