बाह्रदशी । 

 झापाको बाह्रदशी गाउँपालिका ६ स्थित कन्चनगढधाम  ‘श्रीमदभागवत् धनधान्याचल राष्ट्र शान्ति पूर्वाञ्चल धार्मिक महामहोत्सव’ शुरु भएको छ ।

कञ्चनगढधाम साधुकुटीमा रहेको गौरीशंकर शिवालय गायत्री स्वरुपाआश्रम गुरुकुललाई प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार (आज) बाट महामहोत्सवको शुरु भएको हो । महोत्सवको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका छन् ।

उद्घाटन अघि विभिन्न भजन कीर्तन मण्डली, गुरुकुलका बटुक, धामीझाँक्री तथा विद्यार्थीलगायतको सहभागितामा निस्किएको शोभायात्राले बाह्रदशीको बिहिबारे बजारलगायत विभिन्न स्थानको  परिक्रमा गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरेले कञ्चनगढधामलाई धार्मिक पर्यटकीय स्थल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आगामी मंसिर २६ गतेसम्म सञ्चालन हुने धार्मिक महामहोत्सव अन्तरगत श्रीमद्भागवतको कथा वाचन ईश्वर कृष्ण महाराजले गर्ने जनाइएको छ ।