झापा । 

नेकपा एमालेका किशोर कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । कार्की एमालेका पूर्व कोशी प्रदेश कमिटीका सदस्य हुन् ।

उनलाई आइतबार राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्यता वितरण गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।  

कार्की ब्लास्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

नेकपा एमालेबाट असन्तुष्ट कार्कीले गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उमेद्वारका रुपमा उम्मेद्वार बनेका मनोजकुमार मेन्याङ्वोलाई खुलेर समर्थन गरेका थिए ।