झापा । 

झापाको बिर्तामोड नगरपालिकामा आगलागी भएको छ । बिर्तामोड–८ स्थित राजन दुलालको घर नजिकै राखेको धानको कुन्युमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आइतबार (आज) अचानक अन्दाजी ३ः३० बजेको समयमा आगलागी भएको प्रहरी चौकी गरामनीमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली त्यहाँ पुगेको जनाइएको छ । 

नेपाल प्रहरी, स्थानियबासी, बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा उक्त आगो ४ः१५ मिनेटमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

आगलागीबाट अन्दाजी एक लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने  मानविय र चौपाय क्षति नभएको प्रहरीले जनाएको छ । पछिल्लो केहीदिन यता झापाका बिभिन्न स्थानमा धानको कुन्यु र परालमा आगलागीका घटना बढ्दै गएका छन् ।