- चन्द्र बस्नेत
कनकाई ।
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आइतवार (आज) झापाको कनकाई नगरपालिकामा पनि ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ःअपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका नगरपालिकामा पनि अपाङ्गता भएका दुई दर्जन बढी व्याक्तिलाई जाडोबाट बच्न न्यानो कपडा बितरण गरिएको छ ।
कनकाई अपाङ्गता समावेसी संस्थाको आयोजना, प्रदेश सरकारको आर्थिक सहयोग तथा कनकाई नगरको समन्वयमा कार्यक्रम नगरमा रहेका सबै वडाका अपाङ्गता भएका न्यानो कपडा फाईवरको सिरक डसना, डाइफरलगायतका सामाग्री वितरण गरिएको नगर महिला तथा वालवालिका साखा कनकाईकी प्रमुख टीका खतिवडाले जानकारी दिइन् ।
अपाङ्गता समावेसी संस्थाका कनकाईका अध्यक्ष पुस्पलाल घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नगर उप–प्रमुख, आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रमका अवसरमा प्रमुख अतिथि शिवाकोटीले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, कनकाई उध्योग वाणिज संघका अध्यक्ष तुलसी विमली, रोटरी क्लब कनकाई सुरुङ्गाका अध्यक्ष शिवकुमार कडेल, लाईन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, जेष्ठ नागरिक संघ कनकाई वडा न ३ का अध्यक्ष डिल्लीराम पाठक, कनकाई छ्ठ सेवा समाजका अध्यक्ष विजय शर्मा, जुनियर रेडक्रस उप–शखा सुरुङ्गाका प्रतिनिधि गोपाल उप्रेती लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
नगर महिला तथा वालवालिका शाखा कनकाईकी प्रमुख खतिवडाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको स्वागत अपाङ्गता समावेसी सस्थाका कनकाईका कोषाध्यक्ष यसोदा बराल (सृजना) ले गरेकी थिइन् । कार्यक्रमको संचालन सस्थाका सदस्य दृस्टीविहिन दिपक पोखरेलले गरेका थिए ।