बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघसहित ४१ वटा संघ/संस्थाले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलकाई सम्मानसहित बिदाई गरेका छन् । संघले आइतबार(आज) बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी प्रमुख जिल्ला अधिकारी पोखरेललाई सम्मानसहित विदाई गरेको हो । 

पोखरेललाई झापामा रहँदा संघका हरेक गतिबिधि सञ्चालन गर्न उल्लेखिनिय भुमिका खेलेको भन्दै सम्मानपत्रसहित मायाको चिनोले सम्मान गरिएको छ । पोखरेल सुदुरपश्चिम प्रदेशको सचिवका रुपमा सरुवा भएका छन् । संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले स्वागत गरेका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सञ्चारिक समूह झापाकी अध्यक्ष लीला अनमोल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, खेलकुद विकास संघ झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त), उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता विमलीलगायतले प्रमुख जिल्ला अधिकारी पोख्रेलको आगामी दिन अझ सफलताकोे कामनासहित शुभकामना दिएका थिए ।

 कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले गरेका थिए ।