• रन्जित परियार 

बुट्टाबारी । 

पन्चवटी विरभद्र महाकाली धाम मेचीनगर १२ स्थित सहरेडाँगीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धान्यन्चल महापुराण मंसिर १५ बाट शुरु भएको छ ।

मन्दिरलाई ब्यवस्थित गर्दै सामाजिक तथा धार्मिक सदभाव फैलाउदै अतिथि सदन, सामुदायिक भवन निर्माण, जेष्ठनागरिक चौतारी निर्माण, जग्गा घेराभरा गर्ने र जिल्ला भित्र र बाहिर धार्मिक पर्यटनलाई बढवा दिने मुख्य उदेश्यले पुराणको आयोजना गरिएको बताइएको छ । भागवत मन्जरी पुज्य राधिका दासीको मुखाराबिन्दुबाट प्रमुख बाचक कथा बाचन महापुराणको आयोजना गरिएको  कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष इन्द्रमणि प्रसाइले जानकारी दिए ।  

यी सम्पुर्ण आवश्यकता ब्यवस्थापनका लागी स्थानीय एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोगी मनहरु तथा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समेतलाई सहयोगको अपेक्षा राखिएको पुराण मुल आयोजक संयोजक तिलकप्रसाद गिरिले बताए। 

सामाजिक एवम् धार्मिक बिकासका लागि सरकार सगै स्थानीय ब्याक्तीहरुको सहयोग र समन्वयले समाजमा परिवर्तन ल्याउनु हुने हुँदा त्यसै माग्नु भन्दा धर्म सस्कृतिको जगेर्ना,बिकास र सचेतता महिला प्रती हेर्ने दृष्टिकोणलाई बिकास गराउदै सहयोगी दाताहरुको मन जिति आर्थिक सहयोग लिनु यो एउटा राम्रो बाटो रहेको सहि उदेश्य अनुरुप पुराणको सफलताको कामना प्रमुख अतिथि प्रतिनिधि सभाकि उपसभामुख इन्दिरा राना मगरले व्यक्त गरिन् । 

कार्यक्रम बिशिस्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोख्रेल उप्रेती, वडाध्यक्ष मधुसूदन निरौला, कृष्ण सिग्देल, रुद्र डाँगी, बाबुलाल सुब्बा,अर्जुनधारा १० भुपेन्द्र न्यौपाने सामाजिक ब्याक्तित्व जगतबहादुर मगर, ओमनाथ भण्डारी, बिहार भारतका बिधायक तोसिप आलमले पुराणको सफलताको शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रमको स्वागत मुल समिति सहसंयोजक भक्त खेवाङ्ग लिम्बुले गरेका थिए भने सहजीकरण सचिव प्रेमराज घिमिरे र सन्चारकर्मी केशव भट्टराईले संयुक्त रुपमा गरेका थिए ।