झापा । 

झापा शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएका एक पैदल यात्रीको मृत्यु भएको छ । 

बिहीबार साँझ ६ः५० बजे भएको सवारी दुर्घटनामा तत्काल नाम थर वतन नखुलेका पुरुष एक जना गम्भीर घाइते भई बिर्तामोडको बिर्तासिटी हस्पिटल उपचारका लागि  लगिएको थियो । 

गम्भीर घाइते उनको बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा ७ : ३० बजे मृत्यु भएको हो ।  ठक्कर दिने मोटरसाइकल चालक कमल गाउँपालिका–१ का अन्दाजी २० बर्षिय  सागर तामाङको हातमा चोट लागेकोले स्थानिय शिवम मेडिकलमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याएर राखिएको छ ।

मोटरसाइकल अस्थाई प्रहरी पोष्ट माईधारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव तत्काल सोहि अस्पतालमा रहेको जनाइएको छ ।