मेचीनगर । 

झापाको मेचीनगर–८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । बिहीवार (आज) दिउँसो स्थानीय कुञ्जनमणि धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसँगै गाई बस्तुलाई खुवाउन राखिएको पराल समेत जलेर नस्ट भएको हो ।

धानको घुस्यान जलाएर नष्ट पार्ने क्रममा आगो अनियन्त्रीत भइ ग्वालीमा आगजनी भएको स्थानीय प्रगतीशिल टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले जानकारी दिए ।

उनले आगलागी नियन्त्रणमा लिन दमकलसँगै स्थानीयले उल्लेख्य भूमिका निर्वाह गरेको बताए । मेचीनगर नगरपालिकाको दमकल समयमा आउँदा आगोले मानवीय तथा अन्य धनमालमा क्षति पुर्याउनबाट जोगिएको उनले बताए ।

आगलागी नियन्त्रण गर्न मेचीनगरका दुईवटा दमकलसँगै विर्तामोडबाट समेत एउटा दमकल मगाइएको थियो । यो समाचार तयार पार्दासम्ममा क्षतिको यकिन  बिबरण भने प्राप्त भएको छैन ।