झापा ।
झापाको बुद्धशान्ती गाउँपालिका–१ स्थितबाट लागूऔषध मुद्धाका एक जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्धामा जिल्ला अदालत झापाको मिति २०७९/११/११ गतेको फैसलाले १ महिना ३ दिन कैद तोकि फरार रहेका स्थानीय ५२ बर्षीय यादवराज पौडेललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार झापा पठाइएको प्रहरीले जनाएको छ ।