झापा । 

झापाको काँकरभिट्टाबाट भञ्सार छलेर नेपालतर्फ ल्याइदै गरेको १ लाख ६३ हजारवढीको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर १५ स्थित किसन कामत टोलबाट १ लाख ६३ हजार ५०० रुपैयाँ बराबर मूल्यको  कपडा मंगलबार साँझा नियन्त्रणमा लिएको हो । 

प्रहरीले बिभिन्न किसिमको बच्चाले लगाउने कपडा १०८ पिस, बच्चाले लगाउने टाउजर ३६ पिस, बच्चाले लगाउने मोजा ५३० जोर, केटाले लगाउने मोजा १२० जोर, तौलिया १० पिस नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिएको कपडा आवश्यक कार्वाहीको लागि भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।