इलाम  ।

इलामको माई नगरपालिका–३ बाट २ ग्राम ३२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी दानावारीको प्रहरी टोलीले उक्त स्थानमा पैदल हिडिरहेका स्थानीय २५ बर्षीय सुदिपकुमार दनुवारलाई चेकजाँच गर्दा दनुवारको साथमा उक्त परिणामको लागूऔषध बरामद भएको थियो ।

लागू औषधसहित पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।