बाह्रदशी ।
झापाको बाह्रदशी गाउँपालिका–६ स्थित श्री गौरीशङ्कर शिवालय गायत्रीस्वरुपाआश्रममा पूर्वाञ्चल धार्मिक महामहोत्सव आयोजना हुने भएको छ ।
बालाचर्तुदशीको अवसर पारेर आगामी मंसीर १८ देखि २६ गतेसम्म श्रीमद्भागवत धनधाञ्याचल राष्ट्रिशान्ति महामहोत्सव आयोजना गरिने भएको सोमबार(आज) आश्रम परिसरमा पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।
ऐतिहासिक तीर्थ स्थल कञ्चनगढधाम साधुकुटीलाई राष्ट्रस्तरमा धार्मिक पर्यटक क्षेत्रको रुपमा विकास गर्ने, गुुरुकुल बचाउने अभियान, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उदेश्यले महा–महोत्सवको आयोजना गरिएको मूल आयोजक समितिका संयोजक ज्ञानु सुवेदीले जानकारी दिए ।
उक्त महोत्सवमा हुने महापुुराणको प्रमुख कथा वाचकका रुपमा इश्वरकृष्ण महाराजजी रहने संयोजक सुवेदीले बताए । यसअघि २३ औं पटक धार्मिक अनुुष्ठान सम्पन्न भइसकेको छ । लामो समयदेखि आयोजना गरिदै आएको कञ्चन जलढाला धार्मिकमेला महामहोत्सवको अर्को आर्कषण रहेको छ ।
पुुरातत्विक महत्व बोकेर पनि ओझेलमा परेको यो क्षेत्रको विविधता उजागर गराउन यस महापुराणले महत्वपूर्ण भुमिका खेल्ने पुुराण ब्यवस्थापन समितिका सह–संयोजक जीवन पनेरुले बताएका छन् । आयोजक समितिका सचिव बेदमणि दाहालले स्वागत गरेको कार्यक्रममा महासचिव पुुष्प भट्टराईले गुरुकूलको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र खरेलले गरेका थिए ।
महोत्सव सम्पन्न गर्न १ हजार एक जना मुलआयोजक समिति र एक सय ५१ वटा क्षेत्रिय उप–समिति गठन गरिएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ । महोत्सवबाट अनुमानित ३ करोड रुपैयाँ आम्दानी गर्ने अपेक्षा राखिएको छ । त्यस्तै मोत्सवमा अनुमानित खर्च १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।