बिर्तामोड ।

पाथीभरा टोल सुधार संस्थाको १६ औं बार्षिक साधारणसभामा हरिप्रसाद ढकाललाई ज्येष्ठ नागिरक सम्मान गरिएको गरिएको छ । संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा कोशी प्रदेशका सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्था विभिन्न क्षेत्रमा उत्कृष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रमिला ढकाल बर्षोत्कृष्ट बुहारी, उत्कृष्ट सरसफाइ वातावरण सम्मान रोड नं ४ कि देवी कुँवरलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो । त्यस्तै भवन निर्माणका लागि सहयोग गर्ने उषा प्रसाई बस्नेतलाई सम्मान गरिएको कार्यक्रममा एसईई उत्कृष्ठ विद्यार्थीहरु सृजन सिटौला र रोसिका उप्रेतीलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

पाथीभरा टोल सुधार संस्थालाई ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वस्वहरणमा परेका सिकेकी धर्मपत्नी गिरीराजकुमारी प्रसाई र उनका सन्नतीप्रति आदरभाव प्रकट गर्दै सांसद कार्कीले सिकेलाई सम्झिन छुटाएनन् ।  बिर्तामोड ५ नं. वडामा ४९ वटा टोल सुधार समिति रहेका छन् ।

ज्येष्ठ नागरिक भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले स्वागत तथा भवन निर्माण सम्बन्धी प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव छवि बरालले गरेका थिए ।