राजगढ ।   

झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ३  राजगढस्थित बजारमा रहेको काठको मिलामा आगलागी हुँदा सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमवार (आज) बिहान ५ः२० बजेको समयमा गोपाल राजवंशीको काठको मिलमा विद्युतको तार सर्ट भई आगलागी भएको हो । 

जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय राजगढको प्रहरी टोली र स्थानियबासीहरुको सहयोगमा ६ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

आगलागीबाट चार लाखको काठ चिर्ने मेशिन, दुई लाखको काठ र अन्य एक लाख रुपैयाँ गरी जम्मा सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा  मानबीय तथा चौपायको भने क्षति नभएको प्रहरीले जानकारी दिएको छ । पछिल्लो केही दिन यता झापामा आगलागीका घटनाहरु बढ्दै गएका छन् ।