बिर्तामोड ।

 झापाको बिर्तामोडमा ६२ प्रकारका हट तथा कोल्ड कफी पाइने ‘द शिप सट कफी शप’ तथा बारिष्टा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोड ५ स्थित मायादेवी कम्प्लेक्समा शनिबार (आज) देखि कफी शप र ट्रेनिङ सेन्टर सञ्चालनमा आएको हो ।

 ट्रेनिङ सेन्टरको उद्घाटन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरी, संस्थापक अध्यक्ष शारदा रिजाल ढकाल, सञ्चालिका सुमित्रा भट्टराई, माया भट्टराईले संयुक्त रुपमा गरेका हुन् ।

विगत पाँच वर्ष यता कफी संस्कृतिको विकास हुँदै गएकाले यस क्षेत्रमा लगानी गरिएको सञ्चालिका एञ्जेला भट्टराईले बताइन् । ४० लाख रुपैयाँ भन्दा बढीकोे लगानीमा सञ्चालनमा आएको सेन्टरमा कफीका पारखीले ५ प्रकारका अग्र्यानिक र गुणस्तरीय कफीको स्वाद लिन सक्नेछन् । कफी शपमा ६२ प्रकारका हट तथा कोल्ड कफी पाइने उनले बताइन् ।

nirmal

विदेशमा १४ वर्षसम्म कफीको क्षेत्रमा काम गरेको अनुभव बटुलेका श्याम भट्टराईले ट्रेनिङ सेन्टरमा मुख्य प्रशिक्षणका रुपमा प्रशिक्षण दिने जनाइएको छ । विदेशमा काम गर्न जाने तथा स्वदेशमै रहेर कफी सम्बन्धी काम गर्न चाहनेलाई ‘एटुजेड’ सम्म सीप सिकाइने मुख्य प्रशिक्षक भट्टराईले बताए ।

विदेशमा काम गर्ने क्रममा कफी सम्बन्धी पूर्ण ज्ञान नहुँदा धेरै युवाहरुले दुःख पाउने गरेको देखेको उनले बताए । ट्रेनिङ सेन्टरबाट विद्यार्थीले दानादेखि कपसम्म पुर्याउने सीप सिक्ने भएकाले कुनैपनि दुःख नहुने उनको भनाइ छ ।

ट्रेनिङ सेन्टरबाट ९ प्रकारका कोर्ष सिकाइने र उद्घाटनको अवसरमा एक महिनासम्म विशेष छुटको व्यवस्था रहेको छ । हाल दुई जनाले कफी सपमा रोजगारी समेत पाएका छन् भने छ जनालाई बारिस्टा तालिम दिदै आएको बताइएको छ ।