झापा । 

झापाको गौरादह नगरपालिका वडा नम्बर २ को एक घरमा शुक्रवार (आज) बिहान अन्दाजी ६ः५० बजे आगलागी भएको छ । गौरादह–२ का मुक्तिप्रसाद मिश्रको ईट्टाको वाल र टिनको छानो भएको गोठ घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो । 

उक्त आगलागीमा एउटा  गाई जलेर घाइते, एउटा बाछीको जलेर मृत्यु भएको र गोठको काठपात समेत जलेर नष्ट हुँदा अन्दाजी एक लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उक्त आगलागीमा मानबिय क्षती नभएको जनाइएको छ । उक्त आगो गौरदहको नगरपालिका, कमल गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमाबिहान ७ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।