झापा।

काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर आन्दोलनकारीलाई नियन्त्रण गर्ने प्रहरीले प्रयास गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी भिड अनियन्त्रित हुँदा अहिले भागदौड मच्चिरहेको छ ।

यो भन्दा पहिलो पनि बल्खुमा झडप भएको थियो । अहिले प्रदर्शनकारीले ढुङ्गा प्रहार गरिरहेका भने प्रहरीले पनि पानीको फोहोरा र अश्रुग्याँस प्रहार भइरहेको र भागदौड मच्चिएको छ । 

प्रदर्शनकारीलाई प्रहरीले तितरबितर बनाएपछि अहिले अवस्था सामान्य बन्दै गएको छ ।