बिर्तामोड ।
झापाको बिर्तामोडबाट बुधवार(आज) वेपत्ता भएका दुई बालिका ६ घण्टापछि फेला परेका छन् । मध्यान्ह १२ बजेबाट सम्पर्कविहीन भएका दुई बालिकालाई साँझ पाँच बजे फेला पारेको इलाका प्रहरी कार्यालय अनरमनीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।
बिर्तामोड–५ लालीगुराँस टोलका ७ वर्षीया हिमानी निरौला र ५ वर्षीया अबजना पौडेल एक साथ हराएका थिए । सम्पर्कविहीन बालिकाको खोजीका लागि परिवारजनले अपिल गरेका थिए ।
आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचनामार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको छ । दिउँसो ४ बजे परिवारजनले बालिका हराएको सूचना प्रहरीलाई दिएका थिए ।र्
परिवारले स्थानीय बालबालिकालाई सोधीखोजी गर्दैगर्दा आफन्तले नै देखेर सम्पर्क गरेको बताए । आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचना मार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको थियो । बिर्तामोडको बिर्तासिटी हस्पिटल छेउबाट उनीहरु भेटिएको जनाइएको छ ।