झापा ।
झापाको मेचीनगर नगरपालिकामा फेरी बुधवार (आज) जंगली हात्तीले उपद्रो गरेको छ । मेचीनगर–१३ मा रहेको बौद्ध गुम्बामा चारआली जंगलबाट निस्किएको एउटा जंगली हात्तीले क्षति पुर्याएको छ ।
जंगली हात्तीले गुम्बाको टीनको छाना, गुम्बामा रहेको बुद्धको मुर्ति, सोहि गुम्बाको दक्षिणमा रहेको गुम्बाको पुजारी बस्ने घर र भान्सा घरमा आंशिक रुपमा क्षति प्र्याउँदा भान्सा घरमा रहेको फ्रिज, भाडाबर्तन, अन्नपात समेत गरी तीनलाख ८४ हजार रुपैयाँ बराबरको इाति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीको उपद्रोबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ । प्रहरी चौकी चारआलीमा हात्तीले पुर्याएको क्षति जानकारी प्राप्त हुना साथ तत्काल प्रहरी टोलीले थप अनुसन्धान तथा बुझ्ने कार्य भई रहेको जनाइएको छ । उक्त स्थान प्रहरी चौकी चारआलीबाट अन्दाजी १ किलोमिटर पश्चिम रहेको छ ।