काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निशेधाज्ञा जारी गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) अनुसार सो निषेधित क्षेत्रमा ३० दिनसम्मका लागि निषेधाज्ञा लगाएको हो।
उक्त स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने जारी सूचनामा उल्लेख छ।
युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले आगामी ७ गते शक्ति प्रदर्शन गर्ने भएपछि प्रशासनले उक्त निर्णय गरेको हो। प्रशासनले यसअघि माइतीघर क्षेत्र र ललितपुरको पुलचोक क्षेत्रलाई निषेधाज्ञा जारी गरिसकिएको छ।