झापा ।
झापाका बिभिन्न स्थानमा जंगली हात्तीको उपद्रो बढ्दै गएको छ । सोमवार मेचीनगर–११ स्थित बासवारीमा एउटा घर भत्काएर धान चामल आएको थियो ।
त्यस्तै मंगलबार झापाको दमक नगरपालिका वडा नम्बर ३ का एक बृद्धलाई जंगली हात्तीले किचेर मृत्यु भएको छ । दमक–३ स्थित भुटानी शणार्थी शिविर सेक्टर नम्बर बिटु हट नं. २५२ का अन्जादी ७२ बर्षिय पदमलाल तामाङलाई हात्तीले कुल्चेको अवस्थामा मृत फेला परेका थिए ।
तामाङ मंगलबार अन्दाजी ११ः३० बजेको समयमा दमक–३ स्थित हम्से दुम्से सामुदायिक बन भित्र साईकल लिएर दाउरा काट्न गएका थिए । तर, बेलुकासम्म घर नफर्केपछि आफन्तले खोज्दै जाँदा उक्त बन भित्र जङली हातीले किचेर मारेको अवस्थामा भेटिएका थिए । तामाङ मृत अवस्थामा भेटिएको भन्ने खबर प्राप्तसँगै प्रहरी चौकी बाघखोरको टोली गएर घटनास्थल सुरक्षित राखेको थियो ।
घटनाका बिषयमा थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोली गएर कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि शव दमक अस्पताल दमकतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना स्थल प्रहरी चौकी बाघखोरबाट अन्दाजी ३ किमि उतर रहेका जनाइएको छ ।