झापा । 

बैंकिङ कसुर मुद्दामा फरार एक महिलालाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा फैसला भई फरार रहेकी झापाको दमक नगरपालिका वडा नम्बर ५ घर भई हाल बिर्तामोड नगरपालिका वडा नं.१ बस्ने ५५ बषिैया मिना तामाङ पक्राउ गरेकी हुन् । 

उच्च अदालत बिराटनगर, इलाम इजलासको मिति २०८०/०२/१० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा २ दिन कैद २ लाख जरिवाना र पिडित राहत कोषमा ८ हजार रुपैयाँ जम्मा गर्नु पर्ने फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको र ईलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । 

गत आइतवार पक्राउ गरिएकी तामाङलाई मंगलबार फैसला कार्यान्वयन लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । उनले जरिवाना रकम दाखिला गर्न नसकेकोले अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।