झापा।
नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि डा. बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति गठन हुने भएको छ । नेपाल समाजवादी पार्टीमा अध्यक्षसमेत रहेका डा. भट्टराई निवास टोखामा सोमबार राति बसेको चार जना शीर्ष नेताहरूको बैठकले पार्टी एकता समायोजन समिति बनाउने सहमति गरेको हो ।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव समेत रहने जनाइएको छ । यादवका अनुसार यसअघि महाधिवेशन बोलाउने निर्णय खारेज गरेको छ । भट्टराई कै नेतृत्वमा माओवादीसँग पार्टी एकता प्रक्रिया अगाडि बढाइनेछ । केन्द्रीय कार्यकारिणी बैठकमा पार्टी एकता र समायोजन समिति गठन सम्बन्धी २ वटा एजेण्डा मात्र समावेश हुनेछन् ।
त्यस्तै सङ्गठन सुदृढीकरणका लागि ६ महिने अभियान जारी राख्ने, राष्ट्रिय भेला बोलाउने लगायत एजेण्ड बैठकमा समावेश हुन्छ । यसलाई अनुमोदनका लागि ८ बजे पदाधिकारी बैठक बस्दैछ । दिउँसो ३ बजे बस्ने कार्यकारिणी बैठकले यो निर्णय अनुमोदन गर्ने यादवले बताए । कार्यकारिणी बैठकको निर्णय ६ गते बस्ने केन्द्रीय कार्यकारिणी बैठकले अनुमोदन गर्नेछ । पार्टीभित्र केही समस्या देखिए पनि एकताबद्ध भएर हल गर्ने र माओवादीसँग पार्टी एकता गर्ने समझदारी भएको यादवको दाबी छ ।