बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाको आयोजनामा बिर्तामोड र कनकाई क्षेत्रका करिव १५० जना ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित लौरो वितरण गरिएको छ । 

सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा आइतवार (आज) आयोजित कार्यक्रमका विच ज्येष्ठ नागरिकहरुलाई सभामुख घिमिरेले ढाका टोपी, मजेत्रो र लौरो प्रदान गरेका हुन् । 

 सभामुख घिमिरेले बुढेस कालको सहाराका लागि लौरो प्रदान गरेको बताए । उहांले नेतृत्वकर्ताबाट कुनै गल्ती भए यहि लौरोले खवरदारी गर्न आग्रह समेत गर्नुभयो । सभामुख घिमिरेले ज्येष्ठ नागरिकहरु सबैको साझा अभिभावक भएको भन्दै उनीहरुको सम्मान जरुरी रहेको बताएका छन् । 

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरुलाई यातायात खर्च समेत उपलब्ध गराइएको छ।सभामुख घिमिरेको सचिवालयको समन्वयमा अर्जुनधारा र बुद्धशान्तिमा समेत लौरो वितरण गर्ने कार्यक्रम रहेको छ ।

 नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमृतलाल राजवंशी, प्रदेश सांसद एकराज कार्की, छवि चुडाल, नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय विनोदकुमार न्यौपानेलगायतको सहभागिता रहेको थियो ।