झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआलीमा सञ्चालित पसलमा आगलागी हुँदा २ लाख ५० रुपैयाँ बराबरको क्षति भएको छ ।
गएराती अन्दाजी १ः५० बजेको समयमा चारआलीका अनिता शर्मा न्यौपानेको टिन र काठबाट बनेको खाजा बनाउने पसलमा अचानक बिद्युत सर्ट भएर आगलागी भएको थियो ।
आगो लागेको खबर प्राप्तसँगै प्रहरी चौकी चारआली झापाबाट पहरी नायव निरिक्षक अम्बर बिनोद घिमिरेको कमाण्डमा– ७ जनाको टोली गएको, उक्त आगो स्थानियबासी, प्रहरी र मेचिनगर नगरपालिकाको दमकलको सहयोगमा २ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा उक्त घरमा रहेको –२ थान, ग्याँस चुला –१ थान, टेवल –१ थान र गुम्ति पूर्ण रुपमा जलेर नष्ट भएको साथै अन्य मानविय तथा चौपायको क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।