झापा ।
झापाको गौरीगञ्ज गाउँपालिकाबाट भञ्सार छलेर भारतबाट नेपाल ल्याउदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त प्रहरी टोलीले गौरीगञ्ज–१ देबिगडा हँुदै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान शनिवार नियन्त्रणमा लिएको हो ।
भञ्सार छलेर नेपालतर्फ ल्याइदै गरेको जाडोमा प्रयोग गर्ने ५३ थान ज्याकेट १ लाख १० हजार रुपैयाँ बराबरको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रण गरिएको कपडा आवश्यक कार्वाहीको लागि भन्सार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।