झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ मेचीपुल र झापा गाउँपालिकाबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर–१० धुलाबारीका २० बर्षिय रोहितकुमार पोदार र  प्रहरी चौकी टाघनडुब्बा र बिओपी टाघनडुब्बाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी शिवसताक्षी नगरपालिका वडा नं.१ की २९ बर्षिया कमला राउतलाई शनिवार पक्राउ गरेको हो । 

पोदारलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ३ ग्राम ३०० सय मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको छ ।

त्यसैगरी राउतलाई शंका लागेर चेकजाँच गर्दा कपाल भित्र राखेर लुकाई छिपाई ल्याउदैं गरेको ब्राउन सुगर १ ग्राम ७७० मिलि ग्राम फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।