झापा। 

धनगढीमा बिद्यूत सर्ट भएर आगलागी हुँदा एक अस्पतालसहित आठ वटा पसलमा क्षति भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा क्षति भएको हो । 

शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी बिध्ूत सर्ट भएर आगलागी भएको धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जनाइएको छ ।

आगो जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालनपछि नियन्त्रणमा आएको थियो ।क्षतिको यकिन विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।