झापा ।
पछिल्लो समय झापाका बिभिन्न पालिकाहरुमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित पाथीभरा मन्दिर छेउमा पनि आगलागी भएको छ ।
कनकाई–४ का ७० बर्षिय जगतबहादुर वाग्लेको घर पछाडी राखेको परालको थुप्रोमा अचानक आगो लागेको हो । आगलागीबाट पराल जलेर अन्दाजी ३० हजार रुपैयाँ बराबरको क्षति भएको साथै अन्य कुनै मानवीय तथा चौपायको क्षति नभएको जनाइएको छ ।
उक्त आगो नेपाल प्रहरी, मेचीनगर नगरपालिकाको दमकल, कमल गाउँपालिकाको दमकल, स्थानिय बासिन्दाहरुको सहयोगमा दिउसो २ बजे नियन्त्रंणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त स्थान इलाका प्रहरी कार्यालय सुरुङगाबाट अन्दाजी ४ किलोमिटर दक्षिण भएको प्रहरीले जनाएको छ ।
त्यस्तै आज बिहान कचनकवलमा भएको आगलागीमा दुई घर जलेर नष्ट भएको थियो । आज बिहान ८.३० बजे कचनकवल –३ का मनिर मिया र चैतु मियाको घरमा आगलागी हुँदा १५ लाख भन्दा बढीको क्षति भएको थियो । हिजो पनि झापा गाउँपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि आगलागी भएको थियो ।