बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ स्थित अदुवा खोलामा पनि छठ पूजाको तयारीलाई तीव्र पारिएको छ । शुक्रवार (आज) देखि शुरु भएको छठ पूजाको आयोजक पाथिभरा छठ पूजा समिति रहेको छ । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको पहिलो दिन आज नहाय खाय गरी शुरु गरिएको हो । 

बिशेष गरेर बिर्तामोड–१ र ५ का ब्रतालुहरुको सहभागीता रहने उक्त स्थानमा एक सय घाट तयार गरिएको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद शाहले जानकारी दिए । 

छठ पूजाको मुख्य दिन आइतवार अस्ताउँदो सूर्यालाई अर्घ दिएर सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन गरिने परम्परा रहेको अध्यक्ष शाहले बताए । अध्यक्ष शाहका अनुसार छठ पूजाको मुख्यदिन आइतवार साँझ बिभिन्न भजन किर्तन समुहद्धारा भजनकिर्तन प्रस्तुत हुनेछन् भने उक्त दिनको कार्यक्रमको उद्घाटन बिर्तामोड वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले गर्नेछन् । 

binod g

ब्रतालु तथा श्रद्धाजु भक्तजनहरुलाई छठ पूजामा सहभागीताका लागि आयोजक समितिले आग्रह समेत गरेको छ । पूजा सम्पन्न गर्न २ लाख ५० हजार रुप्रेया अनुमानित खर्च हुने आयोजकले जनाएको छ । 

चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भनिने गरिन्छ । 

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथो दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत रुपमा समापन हुने गरेको छ ।