सुरुङ्गा ।
झापाको कनकाई नदिको पूर्वी कीनारमा गरिदै आएको छठ पूजा विगतका बर्षझै यसबर्ष पनि विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाइने भएको छ ।
सधाकोझै कनकाई छठ सेवा समाजको आयोजनामा यस बर्षको छठ पुजा पनि विभिन्न सास्कृतिक कार्यक्रमका बिच सम्पन्न गरिने पुजा तथा कार्यक्रम स्थल कनकाई नदिको पूर्वि किनारमा कनकाई छठ सेवा समाजले विहिवार (आज) पत्रकार भेटघाट कार्यक्रम गरी समाजका अध्यक्ष विजय शर्माले जानकारी दिए।
कार्यक्रम सफल पार्न छ्ठ सेवा समाजका बरिष्ठ उपाध्यक्ष मुना शाहको संयोजनमा १९ सदस्यीय मुल आयोजक समिति साथै विभिन्न उपसमितिहरु निर्वाण गरेको छ । उपसमितिमा मञ्च व्यवस्थापन उपसमिति , अतिथि सत्कार उपसमिति, मन्दिर व्यवस्थापन उपसमिति, घाट र स्वयंसेवक व्यवस्थापन उपसमिति, महिला उपसमिति, प्रसाद व्यवस्थापन उपसमिति र सांस्कृतिक उपसमिति गरी ७ वटा उपसमिति समेत वनाएर जिम्मेवारी दिएको छ । अहिले सवै समितिहरु आ–आफ्नो जिम्मेवारी सम्हाल्दै कार्यक्रमको तयारीमा जुटेको छ्ठ सेवा समाजका महासचिव रविन गुप्ताले जानकारी दिए।
आयोजकले पुजाको लागी नदिकीनारमा ७० वटा घाट निर्माण गर्ने र ति घाटहरुमा पुजा गर्नेहरुलाई कुनै शुल्क नतोकिएकोले आफुले सकेको सहयोग समाजलाई उपलब्ध गराएर पूजा गर्न सक्ने घाट र स्वयंसेवक व्यवस्थापन उपसमितिका संयोजक श्याम पञ्जियारले बताए । शुक्रबार भोली विहान ८ बजे सुरुङ्गा बजारवाट पूजा स्थल कनकाई घाट परिसरसम्म सरसफाइ कार्यक्रम राखिएको र सरसफाइपछि घाट छनौटको कार्यक्रम सोही स्थानमा गरिने पनि पञ्जियारले जानकारी दिए।
छटको पुर्व सन्ध्यामा मंसिर २ गते शनिबार पर्सि खर्ना पुजा र मंसिर ३ गते आईतवार सास्कृतिक बाजागाजा, झाकी तथा झण्डा ब्यानरसहित विहान ११ः३० बजे सुरुङ्गा दुर्गा मन्दिरबाट शान्ति र्याली शुरु गरि बजार परिक्रमा गर्दै पवित्र कनकाई माई किनारमा पुगेर औपचारिक कार्यक्रमको उद्घाटन गर्ने तयारी रहेको जनाइएको छ ।
छट पूजासहित आयोजना हुने सांस्कृतिक कार्यक्रममा भक्तजनहरुले विभिन्न जातजातिको झाँकी, मैथिली समुदायका विभिन्न प्रस्तुतिहरुको मनोरञ्जन लिन सकिने बताइएको छ। यस पटक साझको पूजासहित साझ गंगा आरतिसमेत गरिनेछ ।
आगामी आइतवार साझ व्रतालुले नदि किनारमा पुगी सूर्य देवताको पुजा आरधना गरी अस्ताउँदो सुर्यलाई अर्घ दिएर रातभर उपसना गरी सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर प्रसाद ग्रहण गरेसँगै यस वर्षको छट पूजा समाापन हुनेछ ।